‘पशुपति प्रसाद २ः भष्मे डन’ले पहिलाे दिन कति कमायाे ?

‘पशुपति प्रसाद २ः भष्मे डन’ले पहिलाे दिन कति कमायाे ?


शनिबार फूलपातीको दिन रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद २–भष्मे डन’ले पहिलो दिनमै २ करोड ४० लाख रुपैयाँ कमाएको छ । 

चलचित्रले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो । हिजो देशभर यस चलचित्र हेर्न हाउसफुल भएको थियो । आज आइतबार पनि हलमा दर्शकको भिड देखिएको छ ।

चलचित्रमा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा छन् ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् ।

Logo